News आजदेखि झापामा अन्तरपालिका महिला फुटबल
रमेश समदर्शी

बिर्तामोड । झापाको बिर्तामोड आजदेखि अन्तरपालिका महिला फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नगर खेलकुद विकास समिति बिर्तामोडले जनाएको छ ।

नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले पहिलोपटक महिलाहरूका लागि फुटबल प्रतियोगिता आयोजना गरिएको जानकारी दिएका छन् । उनका अनुसार प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गर्ने कार्यक्रम तय भएको छ ।

आगामी फागुन ५ गतेसम्म सञ्चालन गर्ने प्रतियोगिताको आज हुने उद्घाटन खेलमा बुद्धशान्ति गाउँपालिका र आयोजक बिर्तामोड नगरपालिकाबीच प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ र उपविजेताले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष गिरीले जानकारी दिए ।

खेलकुद विकास समितिका सचिव विसन लिम्बूका अनुसार डोमालाल राजवंशी रंगशालामा आयोजना गरिएको प्रतियोगितामा १० वटा पालिकाहरूको सहभागिता रहेको छ । महिला फुटबल प्रतियोगिता आयोजना गर्न ३४ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

Post Comments