News देवदह ब्वाईज लखन कपको क्वाटरफाइनलमा
सुरज राना मगर

बुटवल । सहज जितका साथ देवदह ब्वाईज, देवदह जारी लखन कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको प्रिक्वाटरफाइनलतर्फ देवदहले चिडिया ब्वाईज, बुटवललाई ३–० ले हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो । देवदहका लागि कप्तान सुरज चौधरी, मनिष पुन र दिपेश रानाले गोल गरे । खेलमा देवदह कै सुरज चौधरी म्यान अफ दि म्याच बने ।

प्रतियोगिता अन्तर्गत माघ २६ गते शनिबारको प्रिक्वाटरफाइनल खेल रामनगर युवा परिवार, बुटवल र योङ ब्वाईज एफसी, खैरेनीबीच हुने खेल संयोजक राम थापाले जानकारी दिए ।

लखन ब्रदर्श युथ क्लब, बुटवल–८, सुख्खानगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५१,५१५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७५,७५७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक राम थापाले बताए । फाइनल खेल फागुन ७ गतेका दिन हुनेछ ।

Post Comments