News न्यु सृजना फाइनलमा, उपाधिका लागि फर्साटिकरसँग भिड्ने
सुरज राना मगर

बागधुरा । न्यु सृजना युवा क्लब, करौजिया जारी स्व. लाल बहादुर तथा डम्मर कुमारी छन्तेल स्मृति सातौं सञ्जिवनी कपको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको दोस्रो सेमिफानलमा न्यु सृजनाले लिस्नु युवा क्लब, कोटिहवालाई ३–० ले हराउँदै उपाधि नजिक पुगेको हो । न्यु सृजनाको जितमा हिमाल थापाले दुई गोल गर्दा मिलन आले मगरले थप एक गोल गरे ।

खेलमा न्यु सृजना कै मिलन आले मगर म्यान अफ दि म्याच घोषित भए । न्यु सृजनाले अब माघ २७ गते आइतबार हुने फाइनलमा साविक विजेता फर्साटिकर युवा क्लब, फर्साटिकरसँग उपाधिका लागि भिड्नेछ ।

सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बागधुरा, देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६१,१११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments