News बखान च्याम्पियनसिप : शारदानगर सेमिफाइनलमा प्रवेश
गोलनेपाल

चितवन । शारदा युथ क्लब शारदानगर तेस्रो बखान च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज (बिहीबार) सम्पन्न पहिलो क्वाटरफाइनलमा स्टार स्पोर्टस क्लब माडीलाई पराजित गर्दै शारदानगरले सेमिफाइनलमा स्थान बनाएको हो ।

बखान मिनी रगंशालामा भएको खेलमा शारदानगर २-० ले विजयी भयो । उसको जितमा दोस्रो हाफको दोस्रो मिनेटमा अश्विन तामाङले गोल गरे । दोस्रो हाफको १२ औं मिनेटमा मन्नु कुमालले माडीका गोलरक्षक केशर कोइरालाको गल्तीको फाईदा उठाउदै गोल गरे । शारदानगरका अश्विन प्लेयर अफ दि म्याच बने ।

Post Comments