News
सबिता बनिन् लिग कै सर्वश्रेष्ठ खेलाडी
काठमाडौं । बुधबार सम्पन्न एन्फा महिला लिगको फाइनलमा एपिएफले पुलिसलाई ४–० ले हराउँदा दुई गोल समेत गरेकी एपिएफकी सबिता राना मगर प्रतियोगिता कै सर्वश्रेष्ठ खेलाडी चुनिएकी छिन् ।
लिग कै सर्वश्रेष्ठ खेलाडी बनेकी सबिताले नगद १ लाख र ट्रफी हात पारिन् । अन्य विधातर्फ एपिएफकी रेनुका नगरकोटी फाइनल खेलको प्लेयर अफ दि म्याच बनिन् । त्यसवापत उनले नगद ५ हजार र ट्रफी हात पारिन् ।
त्यस्तै अन्य विधातर्फ एपिएफ कै साबित्री किसन उत्कृष्ट गोलरक्षक बनिन् । त्यसवापत उनले नगद ५० हजार र ट्रफी हात पारिन् । एपिएफकी रश्मी कुमारी घिसिङले सर्वाधिक गोलकर्ताको पुरस्कार वापत नगद ५० हजार र ट्रफी प्राप्त गरिन् ।
विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब प्रतियोगिताको फेयर प्ले टिम बन्यो । त्यसवापत आर्मीले नगद १ लाख ५० हजारसहित ट्रफी हात पार्यो ।
Post Comments
Related News
- मध्यपुर थिमिमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु