News
युथ लिगतर्फ मंगलबार दुवै खेल बराबरीमा सकिए
काठमाडौं । एन्फा यु–१६ युथ लिगतर्फ मंगलबार भएका दुई खेलहरुको नतिजा बराबरीमा सकिएको छ ।
एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा थ्रीस्टार क्लब र चर्च ब्वाईज युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।
यो नतिजापछि ८ खेलबाट १९ अंक जोडेको चर्च ब्वाईज दोस्रो स्थानमा छ । उता थ्रीस्टार भने समान खेलबाट १७ अंकका साथ तेस्रो स्थानमा छ ।
त्यस्तै मंगलबार नै भएको अर्को खेलमा नेपाल पुलिस क्लब र संकटा फुटबल क्लबले १–१ को बराबरी खेले । यो नतिजापछि ८ खेलबाट १४ अंक जोडेको पुलिस चौथो स्थानमा छ । संकटा भने १३ अंकका साथ पाँचौं स्थानमा छ ।
Post Comments
Related News
- मध्यपुर थिमिमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- नेपाल फुटबल स्कुललाई उपाधि