
इटहरी । यहाँ जारी हिसान–एन्फा सुनसरी कप युथ फुटबल प्रतियोगिता अन्तर्गत सोमबार ज्ञान दर्पन, तरहरा, विश्व आदर्श, इटहरी र कोशी कलेज इटहरीले जित हात पारेका छन् ।
बुढासुब्बा फुटबल मैदानमा भएको पहिलो खेलमा ज्ञान दर्पनले सिओन, धरानलाई टाईब्रेकरमा ३–२ ले हरायो । दुवै टोलीले निर्धारित समयको खेल १–१ को बराबरी खेलेका थिए । खेलमा ज्ञान दर्पनका गोलरक्षक निशान चौधरी म्यान अफ दि म्याच चुनिए ।
दोस्रो खेलमा विश्व आदर्शले लर्ड बुद्ध, झुम्कालाई ५–० को अन्तरले हरायो । खेलमा विश्व आदर्शका अनिस कुमार खवास म्यान अफ दि म्याच चुनिए । तेस्रो खेलमा कोशी कलेजले नास्ट कलेज धरानलाई ४–० को अन्तरले हरायो । खेलमा कोशी कलेजका आयुष कटुवाल म्यान अफ दि म्याच बने ।
हिसान सुनसरी र एन्फा सुनसरीको संयुक्त आयोजनामा जारी प्रतियोगितामा कुल २३ टोलीहरु सहभागि छन् । प्रतियोगिताको फाइनल खेल माघ १८ गतेका दिन हुनेछ ।