News
चर्च ब्वाईजको जित, मच्छिन्द्र र संकटाको बराबरी
काठमाडौं । एन्फा यु–१६ युथ लिगतर्फ आइतबार एक खेलमा चर्च ब्वाईज युनाइटेड क्लबले सहज जित निकाल्दा अर्को खेलमा मच्छिन्द्र फुटबल क्लब र संकटा फुटबल क्लबले बराबरी खेलेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा चर्च ब्वाईजले नेपाल पुलिस क्लबलाई ४–१ ले हरायो । यो जितपछि चर्च ब्वाईजको ७ खेलबाट १८ अंक भएको छ । पराजित पुलिसको भने १३ अंक छ ।
दोस्रो खेलमा मच्छिन्द्र्र र संकटाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । यो नतिजापछि मच्छिन्द्रको ६ खेलबाट १० अंक छ । उता संकटाको खातामा भने ११ अंक रहेको छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा