News चर्च ब्वाईजको जित, मच्छिन्द्र र संकटाको बराबरी
गोलनेपाल

काठमाडौं । एन्फा यु–१६ युथ लिगतर्फ आइतबार एक खेलमा चर्च ब्वाईज युनाइटेड क्लबले सहज जित निकाल्दा अर्को खेलमा मच्छिन्द्र फुटबल क्लब र संकटा फुटबल क्लबले बराबरी खेलेका छन् ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा चर्च ब्वाईजले नेपाल पुलिस क्लबलाई ४–१ ले हरायो । यो जितपछि चर्च ब्वाईजको ७ खेलबाट १८ अंक भएको छ । पराजित पुलिसको भने १३ अंक छ ।

दोस्रो खेलमा मच्छिन्द्र्र र संकटाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । यो नतिजापछि मच्छिन्द्रको ६ खेलबाट १० अंक छ । उता संकटाको खातामा भने ११ अंक रहेको छ ।

Post Comments