
तरहरा । हिम शिखर इङलिस स्कुल, तरहरा, सुनसरीको आयोजनामा आइतबारदेखि शुरु भएको छैठौं सुदेश सुब्बा मेमोरियल हिम शिखर कप अन्तर विद्यालय फुटबल प्रतियोगितामा आयोजक हिम शिखर इङलिस स्कुल, तरहराले विजयी शुरुवात गरेको छ ।
उद्घाटन खेलमा हिम शिखरले कस्तुरी एकेडेमी, इटहरीलाई २–० ले हराउँदै विजयी शुरुवात गरेको हो । हिम शिखरको जितमा अमिर राई र रबिन खड्काले गोल गरे । खेलमा हिम शिखर कै नेशन कोइराला म्यान अफ दि म्याच घोषित भए ।
यो जितसँगै हिम शिखर क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी सुनसरी जिल्ला फुटबल संघका अध्यक्ष नबिन राई लगायतले गरेका थिए ।
यही माघ १८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा कुल १६ टोलीहरु सहभागि छन् ।