News तेस्रो ल्होसार कपः एभरेष्ट एकेडेमी सेमिफाइनलमा, मकवानपुर–११ को पनि जित
गोलनेपाल

निजगढ । एभरेष्ट एकेडेमी जारी तेस्रो ल्होसार कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

आइतबार भएको क्वाटरफाइनल खेलतर्फ एभरेष्टले योङ स्टार युनाइटेड क्लबलाई पेनाल्टी शुटआउटमा हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएका े हो ।

त्यसअघि बुद्धचोक खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । पेनाल्टी शुटआउटमा भने एभरेष्टले ४–१ ले नतिजा आफ्नो पक्षमा पार्यो । खेलमा एभरेष्ट एकेडेमीका गोलरक्षक अरुण ब्लोन म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै आइतबार नै भएको अर्को खेलमा रिगल हेटौडा रिसोर्ट एन्फा मकवानपुर–११ ले निजगढ युवा क्लबलाई २–० ले हराउँदै क्वाटरफाइनलमा स्थान बनायो । मकवानपुरका लागि सुबराज गोले र सुजन खत्रीले गोल गरे । खेलमा मकवानपुर कै सुबराज गोले म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन् तर्गत माघ ७ गते सोमबारको पहिलो खेल बिरगंज युनाइटेड र बकैया गाउँपालिका बीच हुनेछ भने दोस्रो खेल बेङखडी युवा क्लब र आयोजक योङ स्टार युनाइटेड क्लब –बी) बीच हुने आयोजकले जानकारी दिये ।

योङ स्टार युनाइटेड क्लब, निजगढ–१०, लाल, बाराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२०२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१०१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने यही माघ १२ गतेका दिन हुनेछ ।

Post Comments