News
ललितपुर मेयर कपः क्वाटरफाइनल समिकरण पूरा

ललितपर । बीबीसी भेट्रान दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बीबीसीले फ्रिडम फाइटर भेट्रान ‘बी’ लाई टाइब्रेकरमा पराजित गर्यो ।
श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका वडा १३ द्वारा संयुक्त आयोजित प्रतियोगितामा एफसी सिलिंक हेटौंडा भेट्रानले फ्रिडम फाइटर ‘ए’ १–० तथा जोरपाटी एफसीले कुपण्डोल फ्रेन्ड्स भेट्रान र बिजी फुटसल भेट्रानले बौद्ध भेट्रानलाई पेनाल्टी सुटआउटमा हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
यो खेलसंगै क्वाटरफाइनल समीकरण पूरा भएको छ । क्वाटरफाइनल थर्ड आई भेट्रान र आईयुएफसी, जोरपाटी र सिलिंक, आयोजक कुसुन्ती ‘बी’ र चावहिल भेट्रान तथा बीबीसी र बिजीबीच हुनेछ ।
Post Comments
Related News
- गाेदावरी र दक्षिणकाली सेमिफाइनलमा भिड्ने, काेन्ज्याेसाेम र कीर्तिपुर आईतबार खेल्दै
- ललितपुर सिटी एफसीको जर्सी सार्वजनिक
- बुद्ध माबिलाई दोस्रो गोदावरी अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधी
- गोदावरीमा दोस्रो अन्तर विद्यालय फुटबल प्रतियोगिताको तयारी पूरा
- ललितपुर महानगरपालिकाले ललितपुरका ए, बी, सी डिभिजन क्लबहरूलाई नगद सम्मान