काठमाडौं । चावहिल भेट्रान जारी दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगितामा क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
जावलाखेल मैदानमा चावहिलले डिफेन्डिङ च्याम्पियन कुपण्डोल ४० प्लस भेट्रानलाई ३–० गोलले पराजित गर्यो । चावहिलका अजब श्रेष्ठले २ तथा राजनलाल नेपालीले १ गोल गरे ।
श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका वडा १३ द्वारा संयुक्त आयोजित प्रतियोगितामा थर्ड आई क्लब, आईयुएफसी र आयोजक कुसुन्ती ‘बी’ पनि क्वाटरफाइनलमा पुगे ।
थर्ड आईले आयोजक कुसुन्ती ‘ए’ लाई १–० गोलले हरायो । थर्ड आईका विश्व बैरागीले निर्णायक गोल गरे । आईयुएफसीले वि आर ब्रडर्सलाई ४–१ ले पाखा लगायो । विजयी टिमका लागि यम गुरुङले २ तथा विनोद महर्जन र कुमार शाहीले समान १–१ गोल गरे ।
कुसुन्ती ‘बी’ ले बूढानीलकण्ठ भेट्रानलाई २–१ गोलले पन्छायो । कुसुन्ती ‘बी’ का लागि दुवै कृष्णबहादुर राईले गरे । बूढानीलकण्ठका अर्जुन लामाले १ गोल फर्काए । क्वाटरफाइनल पुग्ने बाँकी ४ टिमको टुंगो शुक्रबार लाग्ने छ ।
- रातो मछिन्द्रनाथ कपः बुधबार कुल १४ खेल सम्पन्न
- रातो मछिन्द्रनाथ कप अन्तर्गत मंगलबार लिग चरणका कुल १२ खेल सम्पन्न
- ललितपुर जिल्लाको बुंगमतीमा अवस्थित सुनाकोठी मैदानमा रातो मछिन्द्रनाथ कप सोमबारबाट सुरु
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- दोस्रो रातो मच्छिन्द्रनाथ कप भदौ २९ देखि