News
पाँचौं माघे संक्रान्ती कपः पानबारी सेमिफाइनलमा प्रवेश
नक्सलबारी । पानबारी फुटबल क्लब, धरान सुनसरी यहाँ जारी पाँचौं माघे संक्रान्ती कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।
पानबारीले दोस्रो क्वाटरफाइनलतर्फ इन्ट्रा पथरी–११, पथरी मोरङलाई शून्यका विरुद्ध २ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । पानबारीको जितमा मिलन लिम्बुले गरे । दुई गोल गरेका मिलन नै खेलको म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत पुस २६ गते शुक्रबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल नक्सलबारी फुटबल क्लब, मोरङ र तालतलैया ब्वाईज, सुनसरी बीच हुने आयोजकले जानकारी दियो ।
नक्सलबारी फुटबल क्लब, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने माघ १ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय
- राम वजिको दुई गोलसँगै केराबारी फाइनलमा