News
गभर्नर कप सेभेन ए साईड फुटसल हुने
काठमाडौं । लायन्स इन्टरनेशनलको आयोजनामा आउँदो आउँदो माघ १९ देखि २२ गते (फेब्रुअरी १ देखि ४ तारीख)सम्म गभर्नर कप सेभेन ए साईड फुटसल प्रतियोगिता हुने भएको छ ।
बाल क्यान्सर विरुद्ध सचेतना जगाउने उद्देश्यका साथ आयोजना हुन गईरहेको प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिएको आयोजकले जानकारी दियो ।
कपन स्पोर्टस सेन्टरमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै इच्छुक क्लबहरुका लागि टिमदर्ता शुल्क ७५०० तोकिएको पनि आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता, उपविजेता टोली तथा विधागततर्फका उत्कृष्ट खेलाडीहरुलाई उचित पुरस्कारको व्यवस्था गरिएको पनि आयोजकले जानकारी दियो ।
प्रतियोगितामा आधिकारिक रुपमा दर्ता भएका र लायन्सका सदस्यहरुले मात्र आफ्नो टिमदर्ता गर्न पाउने पनि आयोजकले जनाएको छ ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि