
काठमाडौं । नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेण्ट प्रा.लि. को आयोजनामा वार्षिक रुपमा हुँदै आएको प्रतिष्ठित फ्रेञ्चाईज नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि खेलाडी लिलामी (अक्सन) फेब्रुअरीमा हुने भएको छ ।
आयोजक संस्थाका निर्देशक श्रेयांश कार्कीका अनुसार यसपटक एनएसएलको तेस्रो संस्करणको खेलाडी अक्सन फेब्रुअरी तेस्रो साता हुनेछ । जुन प्रतियोगिता शुरु हुनु एक महिना अगाडीको मिति समेत हो ।
स्मरण रहोस, लिगको तेस्रो संस्करण यस वर्ष मार्चको अन्तिमतिर अर्थात् चैत्र १६ गतेदेखि शुरु गरिने आयोजकले यसअघि नै जानकारी गराईसकेको छ । त्यसैका लागि अक्सन मिति पनि घोषणा गरिएको हो ।
एनएसएलको पहिलो संस्करण काठमाडौं रेजर्सले जितेको थियो । त्यस्तै दोस्रो संस्करण भने ललितपुर सिटी फुटबल क्लबले जितेको छ । प्रतियोगिताको दुवै संस्करणको फाइनलमा धनगढी एफसी उपविजेता बनेको थियो ।
Pic: NSL
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै