काठमाडौं । नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेण्ट प्रा.लि. को आयोजनामा वार्षिक रुपमा हुँदै आएको प्रतिष्ठित फ्रेञ्चाईज नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि खेलाडी लिलामी (अक्सन) फेब्रुअरीमा हुने भएको छ ।
आयोजक संस्थाका निर्देशक श्रेयांश कार्कीका अनुसार यसपटक एनएसएलको तेस्रो संस्करणको खेलाडी अक्सन फेब्रुअरी तेस्रो साता हुनेछ । जुन प्रतियोगिता शुरु हुनु एक महिना अगाडीको मिति समेत हो ।
स्मरण रहोस, लिगको तेस्रो संस्करण यस वर्ष मार्चको अन्तिमतिर अर्थात् चैत्र १६ गतेदेखि शुरु गरिने आयोजकले यसअघि नै जानकारी गराईसकेको छ । त्यसैका लागि अक्सन मिति पनि घोषणा गरिएको हो ।
एनएसएलको पहिलो संस्करण काठमाडौं रेजर्सले जितेको थियो । त्यस्तै दोस्रो संस्करण भने ललितपुर सिटी फुटबल क्लबले जितेको छ । प्रतियोगिताको दुवै संस्करणको फाइनलमा धनगढी एफसी उपविजेता बनेको थियो ।
Pic: NSL
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै