
काठमाडौं । शुक्रबारदेखि शुरु हुन गईरहेको एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगितामा सहभागिता जनाउने थ्रीस्टार क्लबको युथ टिमलाई अष्ट्रेलियन रियल स्टेट कम्पनी सिल्भर रे रिअल्टीले प्रायोजन गरेको छ ।
बिहीबार पाटन दबरबार स्क्वायरमा एक कार्यक्रमका बीच सिल्भर रेको तर्फबाट निर्देशक अरुण तिवारी र थ्रीस्टारको तर्फबाट अध्यक्ष ज्ञान बहादुर शाक्यले सम्झौतापत्रमा हस्ताक्षर र आदानप्रदान गरे ।
सिल्भर रे का निर्देशक तिवारी थ्रीस्टार क्लब कै आधिकारिक फ्यान क्लब ‘वी आर स्टार्स’ का पूर्व अध्यक्ष समेत हुन् । फरक जिम्मेवारीका साथ क्लबसँग सहकार्य गर्न पाउँदा तिवारीले उत्साह र खुशी व्यक्त गरे ।
थ्रीस्टार क्लबका अध्यक्ष ज्ञान बहादुर शाक्यले पनि सिल्भर रे रिअल्टी परिवारलाई प्रायोजन र सहकार्यका लागि धन्यावाद दिंदै आगामी दिनहरुमा पनि साथ र सहयोगको अपेक्षा गरेको बताए ।
सोही अवसरमा थ्रीस्टारले युथ लिगमा प्रयोग गर्ने सिल्भर रे को लोको अंकित नयाँ जर्सी पनि सार्वजनिक गरिएको थियो ।
(तस्विर सौजन्यः थ्रीस्टार क्लबको पेजबाट)