काठमाडौं । श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका वडा १३ को संयुक्त आयोजनामा दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिता पुस २२ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा २२ टिमले सहभागिता निश्चित गरिसकेको पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष निरज खड्काले जानकारी गराए । ३२ को संख्यामा टिम सहभागी हुने आयोजकको अपेक्षा छ ।
सहभागी टिमको दर्ता शुल्क १० हजार तोकिएको छ । काठमाडौं बाहिरबाट सहभागी हुने टिमलाई भने शुल्क लाग्ने छैन ।
एट ए साइड स्वरुपमा हुने प्रतियोगितामा सहभागी टिमले ४० वर्षमाथिका ४, ४५ वर्षमाथिका ३ र ५० वर्षमाथिका १ खेलाडी समावेश गर्नु पर्ने छ ।
विजेताले २ लाख तथा उपविजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र ‘म्यान अफ द सिरिज’ लाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब १६ लाख खर्च हुने आयोजकले जनाएको छ । आयोजक वडाले ५ लाख रुपैयाँ उपलब्ध गराएको जानकारी दिइयो । पुस २९ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु जावलाखेल मैदानमा खेलाइने छ । गत संस्करणको उपाधि कुपण्डोलले जितेको थियो ।
- रातो मछिन्द्रनाथ कप अन्तर्गत मंगलबार लिग चरणका कुल १२ खेल सम्पन्न
- ललितपुर जिल्लाको बुंगमतीमा अवस्थित सुनाकोठी मैदानमा रातो मछिन्द्रनाथ कप सोमबारबाट सुरु
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- दोस्रो रातो मच्छिन्द्रनाथ कप भदौ २९ देखि
- बसन्त गौचन फुटबल एकेडेमीको 'तीन दिने फुटबल प्रशिक्षण क्याम्प' सुरु