
पोखरा । पर्यटकीय नगर पोखरामा अहिलेसम्मकै सर्वाधिक धनराशिको खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । बौद्ध शान्ति क्लव, पोखरा–१०, रामघाटको आयोजनामा विष्णु कुमारी गुरूङ मेमोरियल खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता आगामी फागुन ४ देखि १० गतेसम्म अम्मरसिंह खेल मैदानमा हुन लागेको हो ।
‘युवाहरुलाई खेलकुदतर्फ आकर्षित गरौं, स्वास्थ्य र अनुशासित समाज निर्माण गरौं’ भन्ने नाराका साथ हुन लागेको प्रतियोगिताको उपाधी विजेता टिमले हाल सम्मकै सर्वाधिक ठूलो धनराशिको पुरस्कार नगद २ लाख ३० हजार सहित शिल्ड मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ ।
त्यसैगरि दोश्रो स्थान हाँसिल गर्ने टिमले नगद १ लाख १५ हजार रुपैया सहित शिल्ड मेडल प्रमाण पत्र पुरस्कार प्राप्त गर्ने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १०,०००/-, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेण्डर, सर्वाधिक गोलकर्तालाई जनही नगद ८ हजार सहित ट्रफि तथा अनुशासित टोलीलाई ट्रफि प्रमाणपत्रले पुरस्कृत गरिने भएको छ।
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड