काठमाडौं । डिफेन्डिङ च्याम्पियन गेटवे एकेडेमीले १७औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।
मूलपानी मैदानमा भएको फाइनलमा गेटवेले ब्रम्हकुञ्जलाई २–१ गोलअन्तरले पराजित गर्यो । हाइली क्रिएटिभ तेश्रो भयो । हाइली क्रिएटिभले ओरियन्टललाई ५–१ गोलले सहजै हरायो । शीर्ष चार स्थानमा रहने टिमले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार हात पारे ।
फेकाद्वारा आयोजित प्रतियोगितामा ओरियन्टलका मनोज राम उत्कृष्ट खेलाडी घोषित भए । डिफेन्समा ब्रम्हकुञ्जका एलेक्स कुँवर, गोलरक्षकमा ब्रम्हकुञ्जका सन्दिप राई, मिडफिल्डमा गेटवेका प्रतीक रायमाझी र प्रशिक्षकमा गेटवेका सुजन नापित उत्कृष्ट चुनिए ।
ओरियन्टलका रोशन पक्वाल उदीयमान खेलाडी बने भने प्रतियोगिताभर ६ गोल गरेका गेटवेका प्रदिप खत्री सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । कौस्तुभ एकेडेमीले अनुशासित टिमको उपाधि हात पार्यो ।
विजेतालाई कागेशवरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, फेकाका अध्यक्ष श्रीराम दाहाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । मंसिर २८ गतेदेखि सुरु प्रतियोगितामा २५ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेको फेकाका सह–सचिव एवं प्रतियोगिता संयोजक राजु दाहालले जानकारी दिए ।
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन