News
नवौं सुर्यनगर गोल्डकप माघ २५ गतेदेखि

सुर्यनगर । नव युवा क्लब, बर्दघाट–१६, सुर्यनगर, नवलपरासी (ब.सु.प.) को आयोजनामा वार्षिक रुपमा हुँदै आएको सुर्यनगर गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको नवौं संस्करण माघ २५ देखि फागुन ७ गतेसम्म हुने भएको छ ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ आयोजक क्लब कै सुर्यनगर रंगशालामा हुने प्रतियोगितामा मोफसलका र ए डिभिजन क्लब गरी कुल १२ टोलीहरुले सहभागिता जनाउने आयोजक क्लबका पूर्व अध्यक्ष तथा सल्लाहकार समेत रहेका भिमकाजी गुरुङले जानकारी दिए ।
बर्दघाट नगरपालिका, नवलपरासी –ब.सु.प.) संरक्षक रहेको प्रतियोगिताको पुरस्कार राशी, अनुमानित खर्च लगायतका अन्य विस्तृत विवरण आधिकारिक रुपमा छिटै पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराईने पनि आयोजकले जनाएको छ ।
Post Comments