
रामधुली । दिसन राई निर्णायक बन्दा तेस्रो रामधुनी मेयर कप नकआउट फुटबल प्रतियोगिताको उपाधि एपिएफ क्लब, पकलीले जितेको छ । फाइनलमा न्यु स्टार क्लब, भरौललाई शून्यका विरुद्ध १ गोलले हराउँदै एपिएफ च्याम्पियन बनेको हो ।
एपिएफका लागि खेलको १७औं मिनटमा दिसन राईले गरेको एक मात्र गोल फाइनल खेलको निर्णायक गोल बन्यो । विजेता बनेको एपिएफले उपाधिसहित नगद १ लाख १ सय रुपैयाँ हात पार्यो भने उपविजेता न्यु स्टारले ५० हजार १ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
फाइनल खेलको म्यान अफ दि म्याच एपिएफका निर्णाया गोलकर्ता दिसन राई चुनिए । उनले त्यसवापत नगद २५०० र ट्रफी हात पारे । अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक पनि एपिएफ कै सुजन बिक बने ।
उत्कृष्ट डिफेन्डर पनि एपिएफ कै नबिन चौधरी बन्दा फेयर प्ले ट्रफी आयोजक उदियमान युवा क्लबले हात पार्यो । उत्कृष्ट बनेका सबैले जनही ३–३ हजार र ट्रफी प्राप्त गरे । त्यस्तै सर्वाधिक गोलकर्ता न्यु स्टारका सचिन राई चुनिए । उनले त्यसवापत नगद ३५०० र ट्रफी हात पारे ।
प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी भने न्यु स्टार कै संजय श्रेष्ठ घोषित भए । उनले त्यसवापत नगद ४१०० र ट्रफी हात पारे । विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी रामधुनी नगरपालिका, सुनसरीका उप–प्रमुख तारा थापा लगायतले पुरस्कृत गरेका थिए ।
उदियमान युवा क्लब, रामधुनी–९, सुनसरीको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।