News १७औं फेका कपः गेटवे र ब्रम्हकुञ्ज फाइनलमा
गोलनेपाल

काठमाडौं । डिफेन्डिङ च्याम्पियन गेटवे एकेडेमी र ब्रम्हकुञ्ज १७ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

मूलपानी मैदानमा भएको पहिलो सेमिफाइनलमा गेटवेले ओरियन्टल एकेडेमीलाई ५–२ गोलले पराजित गर्यो । गेटवेका प्रतीक रायमाझीले ह्याट्रिक गरे भने दर्शन केसी र प्रदीप खत्रीले १–१ गोल थपे । प्रतीक ‘म्यान अफ द म्याच’ घोषित भए ।

फेकाको आयोजनामा भइरहेको प्रतियोगिताको अर्को सेमिफाइनलमा ब्रम्हकुञ्जले हाइली क्रिएटिभलाई पेनाल्टी सुटआउटमा ५–४ ले हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । विजेताका सन्दिप राई ‘म्यान अफ द म्याच’ चुनिए ।

Post Comments