News यु–१६ फ्रेण्डलीः भुटानसँग निरीह बन्यो नेपाल
गोलनेपाल

काठमाडौं । दुई मैत्रीपूर्ण युथ फुटबल म्याचका लागि नेपाल आएको भुटानको यु–१६ महिला फुटबल टोलीले शुक्रबार घरेलु टोली नेपालमाथि प्रभावशाली जित हात पारेको छ ।

दशरथ रंगशालामा भएको खेलमा भुटानले नेपालमाथि ५–१ को सहज जित हात पारेको हो । भुटानका लागि छिरिङ ल्हामो र कुइदेन सोनाम सोग्यालले समान दुई–दुई गोल गरे । थप एक गोल भने युग्वेन सोमोले गरिन् । उता पराजित नेपालका लागि भने सबिना तामाङले एक मात्र गोल फर्काएकी थिईन् ।

अब नेपालको यु–१९ महिला फुटबल टोली र भुटानको यु–१९ महिला फुटबल टोलीबीच अर्को आइतबार हुने एन्फाले जनाएको छ ।

Post Comments