News ताप्लेजुङ: सॉवा-खोक्लिङ र यातायात व्यवसायी संघको विजयी शुरूवात
गोलनेपाल

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ४ साँवा थलङमा शुरू भएको क्लब स्तरीय पुरुष फुटबल प्रतियोगितामा सि.सा.स.खोक्लिङ र यातायात व्यवसायी संघ फुङलिङले विजयी शुरू गरेका छन।

साँवाको थलङ स्पोर्टिङ क्लबको आयोजनामा शुरू प्रतियोगिताको पहिलो प्रि क्वाटरफाइनलमा सोमबार आयोजक थलङ स्पोटिङलाइ एकका विरूद्ध तीन गोलले पराजित गर्दै खोक्लिङ किवाटर फाइनल पुगेको हो । खेलको म्यान अफ दि म्याच खोक्लिङका बिजु मगर घोषित भए । त्यस्तै सोमबार नै सम्पन्न दोस्रो प्रिक्वाटर फाइनलमा मानाभरा स्पोर्टिङ क्लब सॉवालाइ शुन्यका विरूद्ध आठ गोलले पराजित गर्दै यातायात व्यवसायी संघ ताप्लेजुङ क्वाटर फाइनल पुगेको हो । म्यान अफ दि म्याच यातायातका सबिन तामाङ घोषित भए । दुबै खेलका म्यान अफ दि म्याचले नगद तीन हजार सहित ट्रफि प्राप्त गरे ।  

दश टिम सहभागी रहेको प्रतियोगितामा मंगलबार क्वाटरफाइनलका दुइ खेल हुनेछन । पहिलो खेल हिमाली तोक्मेगोला पापुङ र कर्णसिंह सोनाम फुङलिङबिच दिनको १२ बजे र दोस्रो क्वाटरफाइनल खेल सौन्दर्य समाजसेवी लि. र बिसिएस मेमोरियल सावदेन बिच दिनको २ बजे हुने आयोजकले जानकारी दिएको छ ।   प्रतियोगिताको विजेताले एक लाख एक हजार १११ नगदसहित ट्रफी पाउनेछ । उपविजेताले ६१ हजारमा चित्त बुझाउने छ । प्रत्येक खेलको म्यान अफ दि म्याचले तीन हजार प्राप्त गर्नेछन ।  
खेलकुद क्षेत्रको विकाससँगै खेलकुदका माध्यममार्फत मिक्वाखोला गाउँपालिकामा रहेका फुङ्फुङे झरनासहितका पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने र मौलिक संस्कार संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका मणि कुमार थलङले बताउँनुभयो। प्रतियोगिताका लागि मुख्य प्रायोजक मिक्वाखोला गाउँपालिका र प्रायोजकको भूमिकामा मध्य मेवा डेभलपर्स प्रालि रहेको पनि आयोजकले जनाएको छ ।

Post Comments