काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी दुई महत्वपूर्ण सदस्य अमिषा कार्की र गीता राना नगदसहित सम्मानित भएका छन् । अमिषा र गीतालाई सेजल आइटी, क्यालिफोर्निया, अमेरिकाले नेपाल फुटबल खेलाडी संघसँगको समन्वयमा सम्मानित गरेको हो ।
जावलाखेल स्थित बीबीक्यु रेष्टुरेण्टमा आयोजित एक कार्यक्रमका बीच सेजल आइटीका अध्यक्ष शंकर केसीले अमिषा र गीतालाई जनही ७५–७५ हजार नगद र खादा ओढाई सम्मानित गरेको हो ।
गत अक्टुबरमा घरेलु मैदान मै सम्पन्न साफ महिला च्याम्पियनसिपतर्फ नेपाललाई फाइनलमा पुर्याउन अमिषा र गीताले पनि महत्वपूर्ण योगदान दिएका थिए । नेपाली फुटबलमा उनीहरुले गरेको योगदानको उच्च मुल्यांकन गर्दै हौसला प्रदान गर्न सेजल आइटीले उनीहरुलाई सम्मान गरेको खेलाडी संघका अध्यक्ष बिक्रम लामाले बताए ।
सो अवसरमा पूर्व खेलाडीहरु, वरिष्ठ प्रशिक्षक तथा विभिन्न सञ्चारकर्मीहरुको पनि उपस्थिति रहेको थियो ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- कम्बोडियामा रेखाको डेब्यु गोल
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- वीरेन्द्रनगरमा महिला खेलाडी लक्षित 'युद्ध फुटबल एकेडेमी'को प्रशिक्षण सुरु