काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी दुई महत्वपूर्ण सदस्य अमिषा कार्की र गीता राना नगदसहित सम्मानित भएका छन् । अमिषा र गीतालाई सेजल आइटी, क्यालिफोर्निया, अमेरिकाले नेपाल फुटबल खेलाडी संघसँगको समन्वयमा सम्मानित गरेको हो ।
जावलाखेल स्थित बीबीक्यु रेष्टुरेण्टमा आयोजित एक कार्यक्रमका बीच सेजल आइटीका अध्यक्ष शंकर केसीले अमिषा र गीतालाई जनही ७५–७५ हजार नगद र खादा ओढाई सम्मानित गरेको हो ।
गत अक्टुबरमा घरेलु मैदान मै सम्पन्न साफ महिला च्याम्पियनसिपतर्फ नेपाललाई फाइनलमा पुर्याउन अमिषा र गीताले पनि महत्वपूर्ण योगदान दिएका थिए । नेपाली फुटबलमा उनीहरुले गरेको योगदानको उच्च मुल्यांकन गर्दै हौसला प्रदान गर्न सेजल आइटीले उनीहरुलाई सम्मान गरेको खेलाडी संघका अध्यक्ष बिक्रम लामाले बताए ।
सो अवसरमा पूर्व खेलाडीहरु, वरिष्ठ प्रशिक्षक तथा विभिन्न सञ्चारकर्मीहरुको पनि उपस्थिति रहेको थियो ।
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा