News प्रथम जिरायत कप महाकाली युवा क्लब लालबन्दीले जित्यो
गोलनेपाल

सर्लाहीको बागमतीमा सम्पन्न प्रथम जिरायत कप जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधि महाकाली युवा क्लब लालबन्दीले जितेको छ ।

बागमती नगरपालिका–४, स्थित ॐ युवा क्लबको खेल मैदानमा सम्पन्न फाइन खेलमा आरएफसी हरिवनलाई ट्राइबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै महाकाली युवा क्लब लालबन्दीले उपाधि जितेको हो ।

महाकालीले प्रथम जिरायत कप सहित ५० हजार ५१ रुपैयाँ नगद र मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । भने, आरएफसी हरिवनले उपविजेताको उपाधिमा चित्त बुझायो । उपविजेता बनेको हरिवनले उपाधि सहित नगद २५ हजार ५१ रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गरेको हो ।

खेलको निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसके पछि खेलको निर्णय ट्राइबेकरबाट लिइएका थियो । ट्राइबेकरमा आरएफसी हरिवन अभागी सावित भयो । फाइनल खेलको म्यान अफ द म्याचको पुरस्कार महाकालीका गोल रक्षक अरुण ब्लोनले पाए ।

यस्तै प्रतियोगिताको उत्कृष्ट टिमको उपाधि आयोजकको (ए) टिमले प्राप्त गरेको छ । भने, महाकालीका अरुण ब्लोन प्रतियोगिताको उत्कृष्ट गोल रक्षक, आरएफसीका आशिष लामा उत्कृष्ट मिडफिल्डर, महाकालीका रामहरी पौडेल उत्कृष्ट खेलाडी, आरएफसीका रबी रखाल उत्कृष्ट डिफेन्डर र आरएफसीका क्षितिज भण्डारी प्रतियोगिताको उत्कृष्ट गोलकर्ता घोषित भए ।

Post Comments