काठमाडौं । ललित स्मृति यु–१८ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत एपिएफ फुटबल क्लब र संकटा फुटबल क्लबले समान अन्तरको जित हात पार्दै खातामा महत्वपूर्ण तीन–तीन अंक जोडेका छन् ।
एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफले शिर्षताको होडमा रहेको न्युरोडटिमलाई १–० ले हरायो । एपिएफको जितमा पवन पाख्रिनले एक मात्र निर्णायक गोल गरे । खेलमा एपिएफ कै सिमान्त मगर प्लेयर अफ दि म्याच चुनिए ।
यो जितपछि १४ खेलबाट २४ अंक जोडेको एपिएफ पनि लिगतालिकामा शिर्ष तीनको होडमा उक्लिएको छ । पराजित न्युरोडटिम भने २८ अंक छ र शिर्ष तीन मै रहेको छ ।
त्यस्तै अर्को खेलमा संकटाले थ्रीस्टारलाई समान १–० को अन्तरले हरायो । संकटाको जितमा सबिन कुमार लुंगेलीले एक मात्र गोल गरे । खेलमा म्यान अफ दि म्याच भने संकटा कै हेमन्त भुजेल घोषित भए ।
यो जितपछि १४ खेलबाट २७ अंक जोडेको संकटा पनि शिर्ष तीन कै होडमा उक्लिएको छ । पराजित थ्रीस्टारको खातामा भने २३ अंक छ र लिगतालिकाको मध्यतिर कायम छ ।
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन