News चौथो सुकुना च्यालेञ्ज कप: आरएफसी सेमिफाइनलमा
गोलनेपाल

सुन्दरहरैचा । आरएफसी, काठमाडौं यहाँ जारी स्व. दिपेस स्मृति चौथो सुकुना च्यालेञ्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वाटरफाइनलतर्फ आरएफसीले बिर्तामोड युनाइटेड, झापालाई पेनाल्टी शुटआउटमा हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । निर्धारित समयतर्फ बिर्तामोडका लागि स्वान खत्री र आशिष चापागाईंले गोल गरे । उता आरएफसीका लागि भने सन्दिप लिम्बु र सिजल राईले गोल गरेका थिए ।

पेनाल्टी शुटआउटमा भने आरएफसीले नतिजा ४–२ ले आफ्नो पक्षमा पार्न सफल भयो । खेलमा आरएफसीका गोलरक्षक रोशन खत्री म्यान अफ दि म्याच चुनिए ।

खोर्साने सामुदायिक विकास केन्द्र, सुन्दरहरैचा–१२, खोर्साने मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल मंसिर १५ गतेका दिन हुनेछ ।

Post Comments