
मिक्वाखोला । ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका ४ सॉवामा सन्चालन भइरहेको अध्यक्ष कप तथा फुङफुङगे महोत्सवमा खुल्ला वडा स्तरीय पुरूष तर्फको सेमीफाइनल समिकरण पूरा भएको छ।
पहिलो सेमिफाइनलमा मेरिङदेन ६ नाल्बु र मानाभरा युवा क्लब मिक्वाखोला भिड्नेछन । त्यसैगरी दोस्रो सेमिफाइनलमा मेरिङदेन ५ थुकिमा र फक्ताङलुङ ३ लिङखिम बिचको प्रतिस्पर्धा रहनेछ ।
दुबै सेमिफाइनल खेलहरू मंसिर ११ गते मंगलबार हुनेछन । फुङफुङगे झरना पर्यटन प्रवद्धन गर्ने उद्धेस्यले मंसिर ७ गते देखि आयोजना गरिएको महोत्सव सन्चालन भइरहेको छ ।
महोत्सवको अवसरमा आयोजित खुल्ला पुरूष फुटबल तर्फ सोह्र टिम र महिला फुटबल तर्फ आठ टिमको सहभागिता रहेको थियो।
खुल्ला पुरूष तर्फको विजेताले एक लाख एघार हजार एक सय एघार र उपविजेताले एकसठ्ठी हजार एक सय एघार र महिला तर्फ विजेताले पच्पन्न हजार एक सय एघार र उपविजेताले एकतिस हजार एक सय एघार प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष विजय सॉवाले जानकारी दिए ।