News प्रथम महुली मिनी गोल्डकप हुँदै
गोलनेपाल

महुली । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ महुली फुटबल क्लब, महुली, सप्तरीको आयोजनामा यही मंसिर १६ गतेदेखि प्रथम महुली मिनी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

आयोजक क्लबको भुजेल टोल खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५ हजार हात पार्नेछ भने उपविजेताले ३३ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नम्बर ६ को कार्यालय विशेष सहयोगी रहेको प्रतियोगिताको विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

साथै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।

Post Comments