News
स्वदेश फर्कियो राष्ट्रिय फुटबल टोली

काठमाडौं । फिफा विन्डोतर्फ दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्न ताजिकिस्तान पुगेको नेपालको राष्ट्रिय पुरुष फुटबल टोली सोमबार स्वदेश फर्किएको छ ।
टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ, एन्फा प्रवक्ता सुरेश साह लगायत अन्य पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरेका थिए ।
स्मरण रहोस, नेपालले ताजिकिस्तानमा खेलेको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच अन्तर्गत पहिलो खेलमा घरेलु टोली ताजिकिस्तानसँग ४–० ले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई २–० ले हराएको थियो ।
Post Comments