News
राष्ट्रिय महिला फुटबल टोलीलाई सरकारले नगदसहित सम्मान गर्ने

काठमाडौं । भर्खरै सम्पन्न साफ महिला च्याम्पिनसिपको उपविजेता बनेको राष्ट्रिय महिला फुटबल टोलीलाई नेपाल सरकारले नगदसहित सम्मान गर्ने भएको छ । सरकारले महिला फुटबल टोलीका प्रत्येक सदस्यहरुलाई जनही ३–३ लाख नगदसहित सम्मान गर्ने भएको हो ।
स्मरण रहोस, दशरथ रंगशालामा मंगलबार सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपालले बंगलादेशससँग २–१ ले पराजित हुन पुगेको थियो । घरेलु मैदानमा नेपालको यो लगातार दोस्रो फाइनल पराजय पनि थियो । यसअघि नेपालले घरेलु मैदान मै भएको गत संस्करणको फाइनलमा पनि बंगलादेशससँगै हार बेहोरेको थियो ।
त्यसअघि नेपालले फाइनल प्रवेश गर्ने क्रममा समूह चरणतर्फ भुटानसँग बराबरी खेलेको थियो भने श्रीलंका र माल्दिभ्सलाई हराएको थियो । त्यस्तै सेमिफाइनलमा दावेदार भारतलाई हराउँदै फाइनलमा स्थान बनाउन सफल भएको थियो ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै