
काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा बुधबार नेपालले बंगलादेशसँग हार बेहोरेपछि त्यो हारको जिम्मेवारी अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिएको एन्फाका महासचिव किरन राईले बताएका छन् ।
महासचिव राईले आफ्नो सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “गाली जति हामीलाई गर्नुहोला । खेलाडीलाई हैन । राष्ट्रिय महिला नेपाली फुटबल खेलाडीहरुलाई उच्च खेल प्रदर्शनको लागि हार्दिक बधाई तथा सम्मान छ। हामी दोस्रो भएका छौ । मित्र राष्ट्र भारत जस्तो शक्तिशाली देशलाई दोस्रो पटक पराजित गरेका छौ। यो हामीले मिलेर गयौं । बङ्गलादेशका चेलिहरुलाई हार्दिक बधाई तथा सम्मान छ।”
स्मरण रहोस, साफ महिला च्याम्पियनसिपतर्फ बंगलादेशले बुधबार नेपाललाई २–१ ले हराउँदै लगातार दोस्रोपटक उपाधि जित्न सफल भएको थियो । यसअघि सन् २०२२ मा नेपाल मै सम्पन्न गत संस्करणको उपाधि पनि बंगलादेशले फाइनलमा नेपाललाई नै हराएर जितेको थियो ।
- सूर्यविनायकमा ५० हजार क्षमता भएको रंगशाला निर्माण हुने : प्रधानमन्त्री ओली
- प्रधानमन्त्रीद्वारा आज नेसनल हाई परफमेन्स सेन्टरको उद्घाटन हुँदै
- साबित्रासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
- अवसर पाए विदेशी भन्दा अब्बल छन् नेपाली प्रशिक्षकः अनन्त थापा
- एन्फा युथ लिगः जितको लय मै संकटा