
प्रकाशपुर । चक्रघट्टी फुटबल क्लब, बराहक्षेत्र, सुनसरी यहाँ जारी सातौं प्रकाशपुर च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
दोस्रो क्वाटरफाइनलतर्फ चक्रघट्टीले बुद्ध एकता क्लब, बेलका, उयदपुरलाई ४–२ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
चक्रघट्टीका लागि आकाश राईले दुई गोल गरे भने आदर्शन दर्नाल र सुनिल खड्काले एक–एक गोल गरे । उता पराजित बुद्ध एकताका लागि बासा तामाङ र रितेश तामाङले गोल गरेका थिए ।
खेलमा चक्रघट्टीका आकाश राई म्यान अफ द म्याच चुनिए । प्रतियोगिता अन्तर्गत असोज १७ गते बिहीबारको तेस्रो क्वाटरफाइनल खेल राजाबास युथ क्लब, राजाबास र न्यु स्टार एकेडेमी, भरौल बीच हुनेछ
प्रकाशपुर फुटबल क्लब, बराहक्षेत्र, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही असोज २२ गतेका दिन हुनेछ ।