
बुटवल । फर्साटिकर युवा क्लब, बुटवलमा जारी प्रथम स्व. प्रचण्ड थैव स्मृति नकउआट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको खेलमा फर्साटिकरले चाँदनी युवा क्लबलाई २–० ले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो । बुटवल–७ स्थित सिद्धेश्वरी मैदानमा भएको खेलमा फर्साटिरका लागि सुजन राना र राम गोपाल कुमालले गोल गरे । कुमाल खेलको म्यान अफ द म्याच समेत घोषित भए ।
केरवानी स्र्पोटिङको पनि जित
त्यस्तै मंगलबार नै भएको अर्को खेलमा केरवानी स्र्पोटिङ क्लबले पनि जित हात पार्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । नव एकता युवा क्लबलाई १–२ ले हराउँदै केरवानीले प्रिक्वाटरफाइनलमा स्थान बनाएको हो ।
केरवानीको जितमा दुवै गोल दिलिप थापाले गरे । उता पराजित नव एकताका लागि संजय केसीले गोल गरेका थिए । खेलमा केरवानीका लागि दुई नायकीय गोल गरेका दिलिप थापा नै म्यान अफ द म्याच घोषित भए ।
बुधबारका दुई खेलहरु
प्रतियोगिता अन्तरगत मंसिर २४ गते बुधबार पनि दुई खेलहरु हुने भएका छन् । राधाकृष्ण युवा क्लबले शिवनगर युवा क्लबको सामना गर्नेछ भने अर्को खेलमा डि युनिटीले झरना स्पोर्टस क्लबसँग खेल्नेछ ।
सौभाग्य युवा क्लब, बुटवल–७ दिपनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल पौष ५ गतेका दिन हुनेछ ।