News इँटाभट्टा नकआउट फुटबलको खेल तालिका सार्वजनिक
रमेश समदर्शी

इँटाभट्टा । झापाको मेचीनगर ८ स्थित इँटाभट्टामा आयोजना हुने प्रथम इँटाभट्टा नकआउट जिल्लास्तरीय फुटबल प्रतियोगिता खेल तालिका सार्वजनिक गरिएको छ ।

स्थानीय युवाको चौतर्फी विकासलाई मध्यनजर गर्दै इँटाभट्टा फुटबल क्लबले असोज १२ गतेदेखि १९ गतेसम्म आयोजना गरेको प्रतियोगिताको तालिका सार्वजनिक गरिएको हो ।

आयोजक क्लबका अध्यक्ष मनकुमार लिम्बूका अनुसार प्रतियोगितामा आयोजक क्लबसँगै सतासीधाम स्पोर्टिङ क्लब, शनिश्चरे एफसी, ह्याप्पी क्लब, डिएफसी, ब्रदर्स युनाइटेड, चात्या सा एफसी र पाहुना टोली गोर्खा ब्वाइज भारतीय टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

Post Comments