पथरी । दुई पाहुना टोली विचको खेलमा ब्रिगेड ब्वाईज काठमाडौं विजयी भएको छ । ट्राईबेकरमा ४-२ गोल अन्तरले ब्रिगेड ब्वाईज काठमाडौंले सलहेस एफ सि सिराहालाई हराउदै अन्तिम चारमा प्रबेश गरेको छ । यो संगै मोरङको पथरी शनिश्चरेमा जारि अन्तराष्ट्रिय आमन्त्रण प्रथम पथरी शनिश्चरे गोल्डकपको पहिलो समिकरण पुरा भएको छ ।
खेलको २४ औं मिनेटमा उमेश कार्कीको गोल संगै अग्रता लिएका थिए सलहेस सिराहाकाले दोस्रो हाफमा लय विगार्दा हार बेहोर्नु परेको थियो। कार्कीले मिलन राईको फ्रिकिक पोलमा लागेर रिवाउण्ड हुदा गोल गरेका थिए । पहिलो हाफ एक गोलले पछि परेको ब्रिगेड ब्वाईजका लागि दोस्रो हाफको २५ औ मिनेटमा आशिश राईले पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरीमा पुग्यो । सलहेस सिराहा विदेशी खेलाडी इमानुएलले ब्रिगेडका भुवन वस्नेतलाई डि एरियामा लडाएपछि रेफ्रि श्याम दनुवारले पेनाल्टिको निर्णय दिएका थिए ।
खेलमा सलहेस सिराहाले थुप्रै मैका पाए पनि गोल गर्न नसक्दा पहिलो खेलबाटै बाहिरिनु परेको छ । खेलमा सलहेस सिराहाका मिलन राई २४ औं मिनेटमा गोल गर्नबाट चुकेका थिए । उनले फागुराम थारुले हानेको कर्नर प्रहार ब्रिगेड ब्वाईज गोल किपर मनोज तामाङलाई बिट भएको अवस्थामा गोल गर्न चुकेका थिए ।
निर्धारित समयमा खेल १–१ को वरावरी भएपछि खेल ट्राइवेकरमा धकेलियो । सलहेसका उमेश कार्की र शिशिर लेखीको प्रहार वहिरीदा अमन लामा र मिलन राईले गोल गरे । ब्रिगेडका गौरव महर्जन,एक्सन लिम्बु,दिवाकर चौधरी र आशिष राईले गोल गर्दै आफ्नो टिमलाई विजयी बनाए ।
खेलको म्यान अफ द म्याच ब्रिगेड ब्वाईजका आशिश राई घोषित हुदै नगद पॉच हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत भोली बुधबार हुने पहिलो सेमिफाईनल खेल आयोजक पथरी ११ र संकटा क्लव काठमाडौं बिच हुने छ ।
प्रतियोगितामा ए डिभिजन क्लब, भारतको युकेएफसी सहित ८ टोलीको सहभागिता रहेको छ । पथरी ११ ले आयोजना गरेको प्रतियोगिताको मुख्य प्रायोजक इन्ट्रा फाउण्डेशन अमेरीकाले रहेको छ भने मुख्य सहयोग पथरी शनिश्चरे नगरपालीकाले गरेको छ ।

- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय
- राम वजिको दुई गोलसँगै केराबारी फाइनलमा