काठमाडौं । दुई बर्ष अघि शहिद स्मारक बी डिभिजन लिगमा रानीपोखरी कर्नर टिम (आरसिटी) का लागि खेलेका लोकेन्द्र गम्भिर सवारी दुर्घट्नामा परेका छन् ।
शुक्रबार मोटरसाइकल दुर्घट्नामा परेका कार्कीको हाल नारायणी अस्पतालमा आइसीयुमा राखेर उपचार भइरहेको छ । कार्कीको परिवारका अनुसार उनको उपचार खर्च खर्चिलो हुने बताएका छन् ।
लोकेन्द्रका पिता रेख बहादुर कार्कीले छोराको उपचारमा आर्थिक सहयोग गरिदिन देश विदेशमा रहेका नेपाली फुटबल समुदायलाई अपिल गरेका छन् । लोकेन्द्रको परिवारको हालको आर्थिक अवस्था असहज रहेकोले उनका पिताले अस्पतालमा कति खर्च लाग्ने हो त्यसबारे चिन्ता व्यक्त गरे ।
छोरा अझै अस्पताल कै शैयामा रहेकोले उनको उपचारमा कतैबाट आर्थिक सहयोगको अपेक्षामा रहेको लोकेन्द्रका पिता रेख बहादुरले बताए । साथै लोकन्द्रको उपचारका लागि सहयोग गर्न इच्छुकले सहयोग रकम उनका पिता रेख बहादुरको नाममा रहेको निम्न ठेगानामा सहयोग गर्न सकिने उनको परिवारले जनाएको छ ।
Rekh Bahadur Karki
A/C: 0610017504316
Nabil Bank, Birgunj
IME:
Rekh Bahadur Karki
Mobile: 9809253559
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै