News
बागमतीको साँघुरो र महत्वपूर्ण जित
काठमाडौं । एन्फा महिला लिग फुटबल प्रतियोगिता अन्तर्गत बागमती युवा क्लबले आइतबार कर्णाली प्रदेशमाथि १–० को साँघुरो र महत्वपूर्ण जित हात पारेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बागमतीका लागि गिफ्टी अचेम्पोङले एक मात्र निर्णायक गोल गरिन् । बागमतीकी सुनिता भुलन खेलको प्लेयर अफ द म्याच समेत चुनिईन् ।
यो जितपछि ७ खेलबाट सात अंक जोडेको बागमती लिगतालिकाको सातौं स्थानमा उक्लेको छ । पराजित कर्णाली भने चार अंकका साथ पुछारको नवौं स्थानमा संघर्षरत छ ।
कुल १० टोलीहरु सहभागि लिग विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
Post Comments
Related News
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने
- होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा