News
नवौं बुढानिलकण्ठ नगर कप हुँदै
काठमाडौं । बुढानिलकण्ठ युवा समाजको आयोजनामा यही असोज १७ र १८ गतेका दिन नवौं बुढानिलकण्ठ नगर कप फुटबल प्रतियोगिता हुने भएको छ ।
बुढानिलकण्ठ स्कुलको खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारीहरु पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो ।
आउँदो गरेको महान चाड दशैंको अवसर पारी आयोजना हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँस्हित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै