काठमाडौ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यु-१७ च्याम्पियनसिप र एएफसी यु-२० एसियन कप छ्नौट खेल्ने युवा टोलीहरुको विदाई गरेको छ ।
स्मरण रहोस, नेपालको यु-१७ टोलीले यही सेप्टेम्बर २० देखि ३० तारीखसम्म भुटानमा हुन गईरहेको साफ यु-१७ च्याम्पियनसिप खेल्दैछ ।
समूह बी मा रहेको नेपालले आयोजक भुटानसँगै पाकिस्तान र श्रीलंकास्ँग खेल्ने कार्यक्रम छ । त्यस्तै समूह बी मा साविक विजेता भारत, उपविजेता बंगलादेशसँगै माल्दिभ्स रहेका छन ।
प्रत्येक समुहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन । नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर २१ तारीखका दिन पाकिस्तानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।
यु-२० एसियन कप छनौटतर्फ पनि नेपाल समूह बी मा
त्यस्तै यही सेप्टेम्बर २१ तारीखदेखी चाइनिज ताईपेईमा हुने एएफसी यु-२० एसियन कप छनौटतर्फ नेपालले समूह बी मा रहेर प्रतिस्पर्धा गर्ने कार्यक्रम छ ।
नेपालले समूह चरणको पहिलो खेल २१ सेप्टेम्बरका दिन कम्बोडियासँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । समूह बी मा नेपाल र कम्बोडिया बाहेक आयोजक चाईनिज ताईपेई, बहराइन र बलियो उज्वेकिस्तान रहेका छन ।
- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)