News
प्रथम म्याग्दी कप हुँदै

बेनीबजार । म्याग्दी जिल्ला फुटबल संघको आयोजनामा यही असोज २ गतेदेखि ५ गतेसम्म प्रथम म्याग्दी कप जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
बेनीबजार स्थित खुला मञ्चमा हुने प्रतियोगिताको आवश्यक तयारी सबै पूरा भएको पनि आयोजकले जानकारी दियो । प्रतियोगिताको टिमदर्ता शुल्क ६००० तोकिएको छ भने धरौटी वापत २००० बुझाउनु पर्ने पनि आयोजकले जानकारी दियो ।
बेन नगरपालिका फुटबल संघ, धवलागिरी गाउँपालिका फुटबल संघ, मंगला गाउँपालिका फुटबल संघ तथा मालिका गाउँपालिका फुटबल संघको सह–आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७० हजार हात पार्नेछ भने उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै विधागततर्फ पनि उचित नगद पुरस्काको व्यवस्था गरिएको आयोजक म्याग्दी जिल्ला फुटबल संघका अध्यक्ष कुमार बानियाँले जानकारी दिए ।
Post Comments