News
चपरहट्टी कपः रानीगञ्ज र जनशान्ति क्वाटरफाइनलमा

चपरहट्टी । रानीगञ्ज युवा क्लब र जनशान्ति क्लब यहाँ जारी तेस्रो चपरहट्टी कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
तिलोत्तमा–१, चपरहट्टी स्थित आयोजक क्लब कै मैदानमा भएको पहिलो खेलमा रानीगञ्जले सिद्धार्थ क्लबलाई टाईब्रेकरमा ३–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
त्यस्तै सोही मैदानमाभएको दोस्रो खेलमा जनशान्ति क्लबले डिएस युनाइटेडमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गर्न सफल भयो ।
कुल ३० टोलीहरु सहभागि प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक साजन रासकोटीले जानकारी दिए ।
Post Comments