पिपरिचापा । आयोजक गौतम बुद्ध सामुदायिक विकास केन्द्र, पिपरिचापाको चुनौति १–२ ले समाप्त पार्दै जनज्योति युवा क्लब, डिंगरनगर जारी प्रथम गौतम बुद्ध कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको प्रतिस्पर्धात्मक खेलमा जनज्योतिका लागि रोजल दहाल र सुरेश कुमालले गरे । पराजित गौतम बुद्धका लागि भने सन्देश दगामीले एक मात्र गोल फर्काए । खेलमा जनज्योतिका गोलरक्षक राहुल मुखिया म्यान अफ द म्याच घोषित भए ।
जनज्योतिले अब यही भदौ २० गते बिहीबारका दिन हुने फाइनलमा खस्यौली फुटबल क्लब, बुटवलसँग उपाधका लागि भिड्नेछ । खस्यौलीले सोमबार मात्रै पहिलो सेमिफाइनलमा हरैया युवा क्लबलाई ५–२ ले हराउँदै फाइनल प्रवेश गरिसकेको छ ।
गौतम बुद्ध सामुदायिक विकास संस्था, कञ्चन–५, पिपरिचापा, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने