
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुई बर्ष अघि एन्फा डे को अवसरमा घोषणा गरेको विभिन्न विधागततर्फका पुरस्कारहरु शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रमका बीच हस्तान्तरण गरेको छ ।
जसअन्तरगत पुरुषतर्फ राष्ट्रिय फुटबल टोलीका सदस्य अभिषेक रिजाल तथा महिलातर्फ मन्जली योञ्जन उदियमान खेलाडी २०७५ घोषित भएका छन् । दुवैले क्रमशः यामाहा कम्पनीको मोटरसाइकल र स्कुटर हात पारे ।
त्यस्तै उत्कृष्ट पुरुष रेफ्रीको पुरस्कार लव खत्रीले हात पारे भने महिलातर्फ सो पुरस्कार अस्मिता मानन्धरले हात पारिन् । खत्रीले एक थान मोटरसाइकल हात पारे भने मानन्धरले स्कुटर हात पारिन् ।
त्यस्तै हरि खड्काले उत्कृष्ट प्रशिक्षकको पुरस्कार हात पार्दा भगिरथ आलेले लाईफटाईम एचिभमेण्ट अवार्ड हात पारे ।
कार्यक्रममा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा सहित वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ, उपाध्यक्षद्वय उपेन्द्रमान सिंह, शिक्षित पराजुली तथा यामाहा मोटर्सका प्रमुख कार्यकारी चिरिञ्जवी शाहको पनि उपस्थिति रहेको थियो ।
त्यसैगरी सोही अवसरमा बुधबार मात्र हृदयघातका कारण ६० बर्षको उमेरमा निधन भएको अर्जेन्टिनी हस्ती फुटबलर डिएगो म्याराडोनाको स्मृतिमा मौनधारण समेत गरिएको थियो ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै