काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल नगरपालिका संघबीच नेपाली फुटबलको विकासमा सहकार्यका लागि सम्झौता भएको छ । शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रममा बीच दुवै पक्षबीच सम्झौता भएको हो ।
सम्झौतापत्रमा एन्फाका तर्फबाट अध्यक्ष कर्मा छिरिङ शेर्पा तथा संघका तर्फबाट अध्यक्ष अशोक कुमार व्यञ्जु श्रेष्ठले हस्ताक्षर गरे । एन्फाका अनुसार दुवै पक्षबीच दुई वर्षका लागि सम्झौता भएको छ र यो सम्झौता आपसी सहमतिमा थप नवीकरण गर्न सकिने समेत बताइएको छ ।
कार्यक्रमको प्रमुख अतिथी समेत रहेका नगरपालिका संघका अध्यक्ष श्रेष्ठले एन्फासँगको यो सहकार्य देशको खेलकुद विकासमा कोशेढुंगा साबित हुन सक्ने बताए । उता एन्फा अध्यक्ष शेर्पाले यो सम्झौता स्थानीय तहलाई खेलकुदमा जोड्ने पहिलो खुड्किलोका रुपमा रहेको प्रतिक्रिया दिए ।
एन्फाका अनुसार दुवै पक्षबीच भौतिक निर्धाण, पूर्वाधारहरुको विकास तथा प्रतियोगिताहरुबारे विभिन्न सम्झौता भएको बताइएको छ ।
एन्फा अध्यक्ष उपेन्द्रमान सिंहको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ, उपाध्यक्ष शिक्षित पराजुली लगायतका अतिथीहरुको उपस्थिति रहेको थियो ।
(तस्विरः एन्फा)
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न