News
एएफसी महिला च्याम्पियन्स लिगमा रेखाको गोल
काठमाडौं । भर्खरै नयाँ सिजनका लागि युएईको शिर्ष महिला लिग क्लब अबुधाबी काउन्ट्री क्लबमा आवद्ध भएकी नेपालकी उदीयमान फरवार्ड रेखा पौडेलले एएफसी महिला च्याम्पियन्स लिगमा पहिलो गोल गरेकी छिन् । साथै एएफसी महिला च्याम्पियन्स लिगमा गोल गर्ने रेखा पहिलो नेपाली खेलाडी समेत बनेकी छिन् ।
प्रतियोगिताको प्रारम्भिक चरणतर्फ समूह ए मा रहेको अबुधाबीले आइतबार पहिलो खेल खेल्ने क्रममा कम्बोडियाको योङ एलिफेन्डसमाथि २–१ को जित निकाल्यो । खेलमा रेखाले अबुधाबीका लागि दोस्रो गोल गरेकी थिईन् ।
अबुधाबीले आफ्नो आगामी खेले २८ अगस्तका दिन म्यानमारको म्यावडीसँग खेल्नेछ । अबुधाबी कै समूहमा साउदी अरेबियाको चर्चित क्लब अल नासर पनि रहेको छ । अल नासरसँग भने अबुधाबीले ३१ अगस्तका दिन खेल्नेछ ।
Post Comments
Related News
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट