News
एएफसी महिला च्याम्पियन्स लिगका लागि एपिएफ मलेसिया प्रस्थान
काठमाडौं । प्रतिष्ठित एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको प्रतियोगिता खेल्न नेपालको महिला लिग च्याम्पियन एपिएफ फुटबल क्लब बिहीबार मलेसियातर्फ प्रस्थान गरेको छ ।
प्रतियोगिता अन्तर्गत समूह सी मा रहेको एपिएफले घरेलु टोली सवाहसँगै उज्वेकिस्तानको लिग च्याम्पियन नसाफसँग खेल्नेछ । एपिफले आफ्नो पहिलो खेल २५ अगस्तका दिन नसाफसँग खेल्नेछ भने २८ अगस्तका दिन सवाहसँग खेल्नेछ ।
प्रतियोगिताका सबै खेलहरु मलेसियन शहर सवाह स्थित लिकास स्टेडियममा हुनेछन् । समूहको शिर्ष टोली फाइनल स्टेजको समूह चरणका लागि छनौट हुनेछ । जहाँ जापान, दक्षिण कोरिया, अष्ट्रेलिया जस्ता शिर्ष वरियताका बलिया क्लबहरुसँग खेल्नुपर्नेछ ।
Post Comments
Related News
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट