News
हेम्जामा प्रथम यु–१६ फुटबल प्रतियोगिता भदौ १ गतेदेखि

हेम्जा । नेकोस फुटबल संघ र आरएस बिच फुटबल क्लबको आयोजनामा आउँदो भदौ १ गतेदेखि प्रथम यु–१६ फुटबल प्रतियोगिता हुने भएको छ ।
पोखरा–२५, हेम्जा स्थित अम्मत बिचमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ३००० तोकिएको आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेता, उपविजेता तथा विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताबारे विस्तृत जानकारीका लागि सम्पर्क नम्बर 9827170757 मा सम्पर्क गर्न सकिने पनि आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड