News
अमेरिकाः ४५ प्लस भेट्रान्स फुटबल प्रतियोगिता हुने
काठमाडौं । फ्रिडम फाउण्डेशन तथा फ्रिडम सिनियर सर्भिसेज, केन्टुकी, अमेरिकाको आयोजनामा त्यहाँ रहेका प्रवासी नेपालीहरुबीच ४५ वर्ष माथि उमेर समूहको भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ ।
यही आउँदो अगस्त ३१ देखि सेप्टेम्बर १ तारीखसम्म हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो । साथै इच्छुक टोलीहरुका लागि टिमदर्ता पनि खुला गरिएको छ ।
लुइसभिले, केन्टुकीमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ हजार अमेरिकी डलर हात पार्नेछ भने उपविजेताले ४ हजार अमेरिकी प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments
Related News
- अञ्जिलालाई हङकङमा सम्मानसहित रकम हस्तान्तरण
- खेलाडी आशिष राईको सहयोगार्थ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज
- चोटिल खेलाडी आशिष राईको उपचारार्थ मलेसियामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच हुने
- फिफा विश्वकप हेर्न क्यानडा पुगेका ५ नेपालीले मागे शरणार्थी दर्जा
- हिमालयनलाई हराउँदै एन पेनाङ विजयी, आशिष राईको उपचारका लागि आर्थिक सहयोग